आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

धनगढी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको जल तथा मौसम विभाग विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागमा अहिले बिहानको मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 
तराईका केही  भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।