दिपायल सिलगढी नगरपालिकाको १२ औं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न प्राथमिकतामा बसपार्क

दिपायल सिलगढी नगरपालिकाको १२ औं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न प्राथमिकतामा बसपार्क

बिक्रम खड्का, डोटी:  दिपायल सिलगढी नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न १२औं नगर सभा एवं अधिवेशनबाट नगर पालिकाले बसपार्क निर्माणमा प्राथमिकता दिइ जमिन खरिद गर्ने योजना पारित गरेको हो ।

नगरपालिका भित्र तत्काल बसपार्कको आवश्यकता रहेकाले प्राथमिकताका साथ हिउँदे अधिवेशनमा एक मात्र योजना बसपार्क लागि खरिद गरिने गरि योजना पारित गरिएको नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले बताउनु भयो। 

“हाम्रो नगरपालिका जिल्ला भरकै केन्द्र हो, साथै यस जिल्ला भएर धेरै जिल्लाका यात्रुहरु आवत जावत गर्ने गर्दछन् । नगरपालिका भित्र व्यवस्थित वसपार्क अनिवार्य पनि हो । बसपार्क व्यवस्थित नहुँदा बजारमा पार्किङ्गको पनि समस्या रहेको छ । तत्काल यसको समाधान गर्नु पर्ने देखिए पछि यस वर्षको वजेटमा बसपार्क मात्रै अटाएका हौं ।”

नगरपालिकाले हरेक वर्ष यसै गरि नगर गौरवका योजनाहरु अघि सार्ने उहाँले बताउनु भयो । योजनाहरु टुक्र्याएर बनाउँदा प्रगति पनि नदेखिने, भने जस्तो काम पनि नहुने भएकाले पनि प्रत्यक वर्ष देखिने खालका ठुला योजनाहरु अघि सारिने उहाँको भनाई रहेको थियो ।

कार्यक्रमको सभाअध्यक्ष नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले गर्नुभएको थियो भने ,अतिथिमा उपप्रमुख कलावती मह ( साउद) ,निमित्त प्रशासकिय अधिकृत शंकर सुचिकार ,वडा नम्बर १ देखी ९ वडा सम्मका वडा अध्यक्ष लगायत कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो।