एसपीएका विद्यार्थीद्वारा पुरस्कृत नाटक प्रदर्शनी

एसपीएका विद्यार्थीद्वारा पुरस्कृत नाटक प्रदर्शनी

धनगढी । देशभरिबाटै छनौटमा पर्दै पुरस्कृत नाटकलाई एसपीएका विद्यार्थीहरुलाई प्रदर्शन गरेका छन् । 

धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लबका विद्यार्थीहरुले ५० हजार अनुदानसहित पुरस्कृत ‘पिपासु’ नाटकलाई धनगढीको व्यस्त स्थान चौराहा र गोदावरी नगरपालिकाको अत्तरियामा प्रदर्शन गरेका हुन् । 

कथा घेरा नेपालले देशभरिबाट आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा सुदूरपश्चिमबाट एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब नाटक प्रदर्शनीका लागि छनौटमा परेको थियो ।

काठमाडौंमा रहेको कथा घरले देशभरि महिलाका क्षेत्रमा छोटा सडक नाटकहरु बनाएर अनुदानका लागि खुला आह्वान गरेको थियो । जसमा एसपीएको ‘पिपासु’ नाटक अनुदानका लागि छनौटमा परेको हो । 

एसपीएमा अध्ययनरत छात्रा आयुष्मा जोशीको लेखन तथा निर्देशक रहेको नाटकले महिला हिंसा र बलात्कारविरुद्ध सन्देश दिन खोजिएको छ । 

‘हामीले महिला हिंसा र बलात्कारविरुद्ध जनचेतना फैलाउने उदेश्यले यहाँका व्यस्त चोकहरुमा यो नाटक प्रदर्शन गरेका हौं,’ आयुष्माले भनिन्, ‘राम्रो संख्यामा दर्शकहरुको उपस्थितिले हाम्रो हौसला अझै बढेको छ । हामीले दिन खोजेको सन्देश बढीभन्दा बढीसम्म पुगेको विश्वास लिएका छौं ।’

नाटक प्रदर्शनीलाई यथार्थ तुल्याउँने कथा घेरा नेपाल र एसपीए कलेजपरिवारप्रति उनले आभार व्यक्त गरिन् ।

उक्त नाटकमा कलेजका १५ बढी विद्यार्थीहरुले विभिन्न पात्रका रुपको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरुलाई रंगकर्मी पुष्पराज अवस्थीले प्रशिक्षित गरेका हुन् । योगमाया, बहुलाकाजीको सपना, सातुको कथा, लिलामे माइलो, सिलान्यास, जंगे पिल्लर, पत्थरको कथालगायत थुप्रै नाटकहरु तथा गरिसकेका अवस्थीले चिसो मान्छे, के घर के डेरा, जुलेबी, रुदानेलगायत चलचित्रमा पनि अभियन गरेका छन् ।

एसपीएले रंगमञ्च तथा कला क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि थियटर्स तथा आर्टस क्लब गठन गरेको छ । क्लबमा आवद्ध विद्यार्थीहरुलाई रंग क्षेत्रका विभिन्न व्यक्तित्वह? ल्याएर प्रशिक्षित गराइन्छ । यसअघि पनि क्लबले धनगढीका अवसरमा ‘महिषासुर मर्दनी’ नाटकको मञ्चन गरिसकेका छन् ।

एसपीएले आफ्ना विद्यार्थीह?को चौतर्फी विकासका लागि विभिन्न १५ वटा क्लबहरुको गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ ।

यो आधुनिक शिक्षाको उत्कृष्ट नमूना भएको क्याम्पस प्रमुख योगराज उपाध्याय बताउँछन् । एसपीएले विद्यार्थीहरुलाई समाज रुपान्तरणमा पनि अग्रसर गराईरहेको उनले बताए ।

No description available.

‘अब किताबी रटानले मात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरुको रुचिअनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नुपर्छ,’ उपाध्यायले भने,, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । उनीहरुलाई समाज रुपान्तरणमा पनि अग्रसर हुन सिकाई रहेका छौं ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

No description available.

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीह?लाई प्रशिक्षित गराइन्छ। टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ।