निङ्गलासैनी  अधारभूत विद्यालयको ३० औं वार्षिक उत्सव सम्पन्न

निङ्गलासैनी  अधारभूत विद्यालयको ३० औं वार्षिक उत्सव सम्पन्न

बैतडी । डिलाशैनी गाउँपालिका वडा नम्बर ६ नेगाउमा रहेको निङ्गलासैनी  अधारभूत विद्यालय ३०औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच बिहिवार  सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिती  वडानम्बर ६ कावडा अध्यक्ष उत्तर बहादुर बोहराले  विद्यालय चलाउन अभिभावकले खेलेको भूमिका उच्च रहेको उल्लेख गर्दै बिद्यालय सुधार गर्न शिक्षक जिम्मेवार बन्नु पर्ने बताउनु भएको थियो । 

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक, विद्यार्थी र शिक्षकको महत्त्वपूर्ण भूमिका हुने कुरा बताउँदै मुख्यतः शिक्षकको भूमिका उच्च रहने कुरा व्यक्त गर्नु भयो । सो अवसरमा बिधालय स्थापना काल देखीका जेष्ठ सदस्य दल बहादुरमालले  बालजीवन सुधार  शैक्षिक एवम् अन्य विषयमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको  बिद्यालयका कार्यालय सहयोगि हरि सिह मालले जानकारी दिनु भएको छ ।

कार्यक्रमको बीचमा जग्गादाताहरूलाई खादा लगाई सम्मान गर्नुको साथै अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक दशरथ मालले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर मालको अध्यक्षतामा भएको थियो उक्त कार्यक्रममा बोल्दै अध्यक्ष मालले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइने बताउनु भयो । 

मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा समृद्धिको सपना साकार पार्न धेरै टाढा नरहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो( ूशिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यो निरन्तर प्रक्रिया हो । यसर्थ, शैक्षिक क्षेत्रको सुधार प्रक्रिया पनि एक पटक गरेर नपुग्ने भएकाले योजना बनाएर निरन्तर कार्यान्वयन गर्नुपर्छ । यसको योजना निर्माणदेखि कार्यान्वयन हुँदै प्रतिफल प्राप्त गर्ने स्थानमा समेत शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष हुने भएकाले दृढ भिजनयुक्त विव्यस अध्यक्ष, क्षमता र नैतिकताले भरिपूर्ण शिक्षक तथा प्रधानाध्यापक र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय हुने कुरामा कुनै शंका छैन ।ूउहाँले गाउँपालिकाभरका विद्यालयहरुमा यथाशीघ्र आइसिटीमा आधारित शिक्षालाई समेत जोड दिइने र सोको गृहकार्य गाउँपालिकाले गर्नु पर्ने बताउनुभयो ।

आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गर्दै सुझाव संकलनलाई थप प्रभावकारी बनाउन तर्फ लाग्ने मालले बताउनु भएको छ । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक दशरथ मालले गर्नु भएको थियो ।