डोटीमा भिरबाट लडेर एक युवतीको मृत्यु

डोटीमा  भिरबाट लडेर एक युवतीको  मृत्यु

डोटी । डोटीमा  भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। घास काट्न जाने क्रममा भिरबाट लडेर शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो। बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। उनी केही दिन अघि डोटी घर गएकी थिइन् ।