अदालतको  आदेशपछि भन्सारमा रोकिएको कच्चा पदार्थ आयतका लागि  बाटो खुल्यो

अदालतको  आदेशपछि भन्सारमा रोकिएको कच्चा पदार्थ आयतका लागि  बाटो खुल्यो

भारतीय क्वारेन्टाइनबाट स्वच्छताको प्रमाणपत्र भएमा मात्रै आयात अनुमति दिने पशु क्वारेन्टाइन चेकपोष्ट धनगढीको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले पशु क्वारेन्टाइन चेकपोष्टका नामममा तत्काल कार्यान्वयनमा नजान आदेश जारी गरेको हो ।

अदालतको आदेश अनुसार त्रिनगर भन्सारमा रोकिएको दानाजन्य कच्चा पदार्थ आयात गर्नका लागि तत्कालका लागि बाटो खुलेको छ ।

उच्च अदालतका न्यायधीश धीर बहादुर चन्दको एकल इजलाशले आयातमा स्वच्छताको प्रमाणपत्र अनिर्वाय गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

क्वारेन्टाइन चेकपोष्टले भारतबाट स्वच्छताको प्रमाणपत्र नल्याउने ब्यवसायीहरुको कच्चा पदार्थ आयातमा रोक लगाएको थियो । कैलाली जिल्लामा दानाजन्य उद्योग सञ्चालन गरिरहेका बबयवसयाीहरुको कच्चा पदार्थ बोकेका १६ वटा ट्रकहरु १७ दिनदेखि त्रिनगर भन्सारमा रोकिएका छन् ।

कच्चा पदार्थ रोकिएपछि अदालतमा रिट दायर गरेका ब्यवसायी नवीन दाना उद्योगका सञ्चालक दिनेश लम्सालले अदालतबाट अन्तरिम आदेश आएको बताउनुभयो ।

दानाजन्य पदार्थका कारण नेपाली पशुहरुमा बिभिन्न रोग लाग्न सक्ने अवस्था रहेका कारण क्वारेन्टाइन चेकपोष्टले पशु र पशुजन्य कच्चा पदार्थ आयातमा स्वच्छताको प्रमाणपत्र अनिवार्य गरेको हो ।

चैत १७ गतेदेखि क्वारेन्टाइन चेकपोष्ट धनगढीले भारतीय क्वारेन्टाइन कार्यालयले दिएको स्वच्छता सम्बन्धी प्रमाणपत्र नभए आयातमा रोक लगाउने काम गरिरहेको छ । क्वारेन्टाइन चेकपोष्टको निर्णयका कारण भारतबाट नेपाल भित्रिने खसीबोकाको आयात पनि रोकिएको छ ।

क्वारेन्टाइनको कदमको बिरोधमा कैलालीका चाारवटा दाना उद्योगहरुले उच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्ने उद्योगहरुमा नवीन दाना उद्योग, विवेक फीड इन्ड्रष्ट्रिज, डल्फीन आधनुनिक दाना उद्योग र वेष्टन फिड इन्ड्रष्ट्रिज रहेका छन । उद्योगीहरुको तर्फबाट अधिवक्ता प्रयागदत्त भट्टले बहस गर्नुभएको थियो ।