कसैले अहिले बोला, छिटो बोला भनेर हुँदैन्, भोलि बैठक बोलाउँछु : सभाध्यक्ष भट्ट

कसैले अहिले बोला, छिटो बोला भनेर हुँदैन्, भोलि बैठक बोलाउँछु :  सभाध्यक्ष भट्ट

धनगढी । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य तथा प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्टले भोलि (शनिवार) प्रदेश सभाको तेस्रो बैठक आह्वान गर्ने बताएका छन् ।

धनगढीखबरसंग सम्पर्कमा आएका भट्टले दलहरूकै सहमतिका आधारमा बैठक आह्वान गर्ने बताएका हुन् । ‘शुक्रवार ४ बजेसम्मको समय दलहरूलाई दिएको थियो’ उनले भने –‘दलहरूसँग सम्पर्क हुन सकेन । सबै प्रक्रिया पुर्‍याएर म बाहिर आएको हुँ । अब म भोलि बैठक जसरी नि बोलाउँछु ।’ 

उनले जतिखेर जुन दलले चाह्यो त्यही अनुसार बैठक सञ्चालन गर्नुपर्ने बाध्यता नरहेको बताए । उनले भने –‘यो संसद् हो । मेरो व्यक्तिको होइन । सबै दलहरूको सहमतिबाट सभा सञ्चालन गरिन्छ । समय हुन्छ । कसैले अहिले बोला, छिटो बोला भनेर हुँदैन ।’

सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टीसँग दिनभर छलफलमै रहेको थियो । साढे ५ बजेसम्म नागरिक उन्मुक्ति दलको बैठक चलिरहेको थियो । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष कैलाश चौधरीले भने –‘हामीले निर्णय गरेका छैनौँ । सभाध्यक्षसँग सम्पर्क हुन नसक्दा हामी दलको आन्तरिक छलफलमै रहेका छौँ ।’