सर्लाहीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–२ नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मोटरसाइकल चालक गोडैता नगरपालिका –४ बस्ने ३२ वर्षीय विश्वजित हजारीको मृत्यु भएको हो।

गएराति पौने १ बजे बाटोको छेउमा बिग्रिएर रोकिराखेको ट्रकमा विश्वराजले चलाएको प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।