प्राथमिक तह शिक्षक पदमा सुदुरमा कोटा भन्दा कम उत्तीर्ण

प्राथमिक तह शिक्षक पदमा सुदुरमा कोटा भन्दा कम उत्तीर्ण

गणेश मौनी / डोटी । सुदुरपश्चिम प्रदेशका लागि शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतिय श्रेणी शिक्षक पदको बिज्ञापनमा लिखित परिक्षामा माग कोटा संख्या भन्दा कम उम्मेदवार उत्तिर्ण भएका छन् । 

आयोगले प्राथमिक तह तृतिय श्रेणी शिक्षक पदको लागि २०७८ साल चैत्र १९ गते र २०७९ साल असार १३ गते लिएको खुल्ला प्रतियोगितात्मक लिखित९सामान्य र विषयगत० परिक्षामाको नतिजा सार्वजनिक गरेको छ । 

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको नतिजा अनुसार बैतडी, कंचनपुर र कैलाली जिल्ला बाहेकका अन्य सबै जिल्लामा माग कोटा भन्दा कम उम्मेदवारहरु अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।

आयोगले दिएको तथ्यांक अनुसार अछाम जिल्लामा १ सय ३७ जनाको कोटा थियो जसमा लिखित परिक्षामा १ सय ९० जना सहभागि भएका थिए भने सो मध्य १ सय ३५ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै डोटीमा  १ सय ४८ जनाको कोटा थियो जसमा लिखित परिक्षामा ३ सय ९ जना सहभागि भएका थिए भने सो मध्य १ सय ३४ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । 

त्यस्तै दार्चुलामा  १ सय ३२ जनाको कोटा थियो जसमा लिखित परिक्षामा २ सय ५९ जना सहभागि भएका थिए भने सो मध्य १ सय २ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै बैतडीमा  २ सय ४ जनाको कोटा थियो जसमा लिखित परिक्षामा ५ सय ७६ जना सहभागि भएका थिए भने सो मध्य २ सय ३ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । 

त्यस्तै बझाङमा  ९६ जनाको कोटा थियो जसमा लिखित परिक्षामा १ सय १३ जना सहभागि भएका थिए भने सो मध्य ७७ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै डडेलघुरामा ९५ जनाको कोटा थियो जसमा लिखित परिक्षामा १ सय ४४ जना सहभागि भएका थिए भने सो मध्य ८५जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । 

त्यस्तै कैलालीमा  ७४ जनाको कोटा थियो जसमा लिखित परिक्षामा २ सय ५जना सहभागि भएका थिए भने सो मध्य ८१ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै कंचनपुरमा ७६ जनाको कोटा थियो जसमा लिखित परिक्षामा २ सय १८ जना सहभागि भएका थिए भने सो मध्य ८० जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । भने त्यस्तै बाजुरामा ७३ जनाको कोटा थियो जसमा लिखित परिक्षामा ८२ जना सहभागि भएका थिए भने सो मध्य ६५ जना अन्तर्वार्ताका लागि छनौटमा परेका थिए । 

शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरि  दुई चरणमा परिक्षा लिने प्रणालीको सुरुवातले गर्दा माग कोटा भन्दा कम उत्तिर्ण भएको हुनसक्ने सुदुरपश्चिम शिक्षा बिकास निर्देशनालय दिपायलका शाखा अधिकृत एवं सुचना अधिकारी कृष्ण बहादुर बोहराले बताए । 

उनले भने आयोगले पहिले एकै चरणमा १०० पूर्णाकको बिषयगत परिक्षा लिन्थ्यो उत्त परिक्षामा उत्तिर्ण भएकाहरु अन्तर्वार्तामा सहभागि हुने पाउने ब्यवस्था थियो तर त्यो ब्यवस्था परिवर्तन गरि यस बर्ष देखी पहिलो चरणमा १०० पूर्णाकको बस्तुगत परिक्षा हुन्छ त्यसमा उतिर्ण भईसकेपछी मात्र दोस्रो चरणको परिक्षामा सहभागि हुन पाउने प्राबधान रहेको छ । दोस्रो चरणको परिक्षामा उत्तिण भएकाहरुमात्र अन्तर्वाताको लागि छनोट हुने भएकाले पनि कम उत्तिर्ण भएको हुन सक्ने बताए । 

पाठ्यक्रम ढाचाँ र परिक्षा प्रणालीमा परिवर्तन हुदाँ उम्मेदवारहरुको तयारी पुग्न नसकेका कारण माग कोटा भन्दा कम उत्तिर्ण भएको हुनसक्ने शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख गोबिन्द प्रसाद पोखरेलले बताए । उनले भने यस पटक पाठ्यक्रम परिवर्तन भएको छ परिक्षा प्रणाली दुई चरणमा भयो उम्मेदवारहरुको तयारी पुगेन । 

यस अघि निमावि र मावि तहमा पनि माग भन्दा कम पास भएका छन् । मावि तहमा गत वर्ष रिक्त रहेका ३७० पदका नयाँ विज्ञापन आह्वान गरेको छ । जुन जुन पद रिक्त रहेका थिए त्यही पदलाई यथावत राखेर आयोगले यो वर्षका लागि विज्ञापन आह्वान गरेको हो । यो वर्षको विज्ञापनबाट पनि पदपूर्ति हुन नसकेको खण्डमा अर्को पटक ती सिटहरू स्वतः खुला पदमा जाने प्राबधान रहेको आयोगले जनाएको छ ।