हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणबाट सुनसरीको वराहक्षेत्र नगरपालिका ५ सिमरवनमा एक जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का धनबहादुर माझीको मङ्गलबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

६५ वर्षीय माझी जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेलामा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।