पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

पाल्पा ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा पटवाचौरमा ६० वर्षीय बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको छ ।

पटवाचौरमा घरनजिकै नेप्टाभीरबाट लडेर बलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए ।

 घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।