गोदावरीका नगर शिक्षकले प्रचारात्मक आन्दोलन गर्दै

गोदावरीका नगर शिक्षकले प्रचारात्मक आन्दोलन गर्दै

धनगढी । कैलालीको गोदावरी नगरपालिका भित्र कार्यरत नगर शिक्षकले आज र भोली प्रचारात्मक आन्दोलन गर्ने भएका छन । उनीहरुले समयमा तलब पाउनु पर्ने, तलब वृद्धि गर्नुपर्ने लगायतका माग राखि आज र भोली प्रचारात्कम आन्दोलन गर्न लागेका हुन ।

गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समिति, एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनलेसयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २ दिन प्रचारात्मक आन्दोलन गर्ने जनाएका छन ।

उनीहरुले आफ्ना माग सम्बोधन नगरे पौष ६ गते नगरपालिका अगाडी विरोध सभा गर्ने जनाएका छन । नगर शिक्षक लगायत सहजकर्ता र विद्यालयका कर्मचारीहरुले कार्तिक देखि तलब नपाएको भन्दै विरोध गर्दै आइरहेका छन ।

विज्ञप्तीमा भनीएको छ ‘महिना भुक्तान भएपछि ज्याला पाउनुपर्ने अधिकारबाट बञ्चित भएका छौं । हामीहरु यो अन्याय भोगिरहेका छौ । हामीले तलव समयमा नपाउँदा हामीहरु प्रताडित भएका छौ । आर्थिक समस्या भेलिरहेका छौ । आर्थिक समस्याले मानसिकरुमा आन्दोलित भएका छौ । हाम्रो अधिकारमाथि खेलवाड गरिएको छ ।’

उनीहरुले आफूहरुको माग प्रति नगरपालिका उदाशिन भएको बताएका छन ।