आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो जलेर मृत्यु भएको हो। 

बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा जलेर उनको मृत्यु भएको हो। वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। 

वडा प्रहरी कार्यालय ’क’ का डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा गएको टोलीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने कार्य गरिरहेको छ।