यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो उपाय

यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो उपाय

एजेन्सी । सामान्यतया धेरै खाने र शारीरिक व्यायाम कम गर्ने हुँदा शरीरमा अतिरिक्त बोसो बन्छ र मोटोपन हुन्छ । तर व्यस्त जीवनशैली र खानपानमा अनियमितताले पनि मोटोपन वा शरीरमा बोसो धेरै बन्ने खतरा हुन्छ ।

थोरै आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने र केही घरेलु उपायले पनि तपाई फिट हुन सक्नुहुन्छ । लसुन एक प्राकृतिक एन्टीबायोटिक हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुन समावेश गरेर हेर्नुहोस् ।

ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन ।

यदी फास्ट फुड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा धेरै पोटासियम पाइन्छ । यसले फास्टफुडको लतलाई कम गर्छ र तौल कम गर्न सहयोग गर्छ ।

एक कप मनतातो पानीमा पुदिनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । अनि यसको प्रयोग गर्नुहोस् । यसको प्रयोगले पेटको बोसो कम गर्न निकै प्रभावकारी भूमिका खेल्छ ।

यदी तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको सेवन गर्न सक्नुहुन्छ ।एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।

यदी नियमित रुपमा तपाईं स्याउ खानुहुन्छ भने आफ्नो बढिरहेको बोसोलाई घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन अनि तौल कम गर्न मद्दत गर्छ ।

तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा आमेगा ३ तत्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्छ ।