काठमाडौं । हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ।
हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन्। हिउँका कारण बाहिर हिडडुल गर्न समस्या परेको उनको भनाई छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार केही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।