मनकारी स्थानिय युवाहरूले बिद्यालयमा स्कुल झोला बितरण गरे

मनकारी स्थानिय युवाहरूले बिद्यालयमा स्कुल झोला बितरण गरे

कञ्चनपुर। अरनिको आधारभूत बिद्यालयका  पुर्व छात्रहरूले  बिदधालयमा अध्यनरत विद्यार्थीहरूलाई स्कुल  झोला वितरण गरेको छ। बिधालयमा एक कार्यक्रमको आयोजना गरि बिधालयका बिद्यार्थीलाई  झोला बितरण गरिएको हो।

एक औपचारिक कार्यक्रमका बीच  ब्यवस्थापन अध्यक्ष दाउत तामाङको  अध्यक्षतमा र पुनर्वास नगरपालिका वडा नं २ का वडाध्यक्ष डम्मर थापाको प्रमुख आतिथ्यतामा बिद्यार्थी भाई बहिनी हरूलाई स्कुल झोला बितरण गरिएको  छ।

अरनिको बस्ती निवासी ४ जना स्थानीय युवाहरूको सहयोगमा झोला बितरण गरिएको हो । अरनिको युवा क्लबका सचिव दिपेश तामाङ “नोलामा,” ,हाल नेपाली सेनामा कार्यरत सन्तोष तामाङ, अष्ट्रेलियामा कार्यरत राम बहादुर तामाङ र क्यानाडामा कार्यरत मान बहादुर तामाङ मानुले ब्यक्तिगत सहयोगमा झोला बितरण गरेका हुन ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली सेनामा कार्यरत सन्तोष तामाङले यहि विद्यालयमा अध्ययन गरेको हुनाले अहिले यहाँ सम्म आएको बताउदै शिक्षाको पहिलो खुड्किलो यहिबाटै हिडेको बताए। यसैगरी अरनिको युवा क्लबका सचिव दिपेश तामाङ “नोलामा” ले बाल्यकालमा आफु अध्ययन गरेको विद्यालयलाई केहि सहयोग गर्न पाउँदा आनन्द महशुस भएको  बताए।

कार्यक्रममा बिद्यालयका  प्रध्यानाध्यापक बासु तामाङले पुर्व बिद्यार्थीहरूले बिद्यार्थीको पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न मनकारी स्थानिय युवाहरूले बिद्यार्थी हरुलाई गरिएको सहायोग एकदमै सर्हनिय र स्वागतयोग्य छ। यस्ता कार्यक्रमले भावी पुस्तालाई मानकारी र समाजसेवामा गर्न अभिप्रेरित गर्ने भएकाले समाज रूपान्तरणको लागि टेवा पुर्याउने कुरामा कुनै दुई मत छैन भन्दै खुशी व्यक्त गरे ।

अरनिको आधारभूत बिद्यालयमा अध्ययनरत सबै बालबालिकालाई स्कुल ब्याग बितरण गरिएको बिद्यालयका ब्यवस्थापक अध्यक्ष दाउत तामाङले जानकारी दिए। तामाङले यस कार्यको उच्च प्रशंसा गर्दै मनकारी स्थानिय युवाहरूलाई धन्यवाद ब्यक्त गरे ।

विद्यालयमा अध्ययनरत १ सय ६५ जना बालवालिकालाई झोला सहयोग गरेका हुन । स्कुल सामाग्री झोला पाएकोमा विद्यार्थी तथा अभिभावकले खुसी ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रत्येक विद्यार्थी लाई एउटा स्कुल ब्याग बितरण गरिएको थियो।

No description available.