तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु

तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शनिवार हिजो भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्यान गएको हो । 

धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको ज्यान गएको भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।