किसानलाई अनुदानमा पावर टिलर

किसानलाई अनुदानमा पावर टिलर

धनगढी । कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर टिलर हस्तान्तरण गरेको छ। 

५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका-७ देवहरियाका किसानलाई पावर टिलर प्रदान गरिएको हो। देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर टिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिए।

 निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमबीच किसानलाई पावर टिलर हस्तान्तरण गर्नुभयो। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर टिलर हस्तान्तरण गरेको जनाइएको छ। 

कृषि पेशालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले कैलालीको विभिन्न पालिकाका किसानलाई अनुदानमा पावर टिलर लगायत कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।