प्रदेश ७ का पर्यटकीय गन्तव्यहरूको पहिचान तथा छनोट प्रक्रिया सुरु

प्रदेश ७ का पर्यटकीय गन्तव्यहरूको पहिचान तथा छनोट प्रक्रिया सुरु

धनगढीः नेपाल टुरिजम बोर्डले प्रदेश नम्बर ७ का पर्यटकीय गन्तव्यहरूको पहिचान तथा छनोट प्रक्रिया सुरु गरेको छ । बोर्डले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर देश भर नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा छनोट प्रक्रिया सुरु गरेको हो।

सोही अन्तर्गत सोमबार प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा पर्यटकीय गन्तव्यहरूको छनोट कसरी गर्ने भन्ने सन्दर्भमा सरोकारवालासँग अन्तक्रिया कार्यक्रम समेत गरेको छ । 

पर्यटन वर्ष २०२० का लागि एक सय नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने लक्ष्य नेपाल टुरिजम बोर्डले राखेको छ। सोही लक्ष्य अनुसार प्रदेश नम्बर ७ का नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी भइरहेको छ। 

सोमबारको अन्तक्रियामा यहाँका पर्यटकीय गन्तव्यहरूको पहिचान र छनोट कसरि गर्ने, के आधारमा पर्यटकीय गन्तव्य छनोट गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। 

नेपाल टुरिजम बोर्ड ७ नम्बर प्रदेशका अध्यक्ष माया प्रकाश भट्टले एक जिल्लाबाट तीन पर्यटकीय गन्तव्य पहिचान गरेर केन्द्र सरकार समक्षय पठाउने लक्ष्य लिइएको बताए। 

पर्यटकीय गन्तव्यहरू छनोट गर्दा सबै भन्दा पर्यटकको वर्गीकरण गरिन आवश्यक रहेको सुझाव यस क्षेत्रमा काम गर्दै आएका विज्ञहरूको सुझाव रहेको छ। 

पर्यटनको मनोविज्ञानलाई अध्ययन गरेर यहाँको मौसम, प्रर्यटकको प्रकृति र पर्यटकीय गन्तव्य दुरीको आधारमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न आवश्यक रहेको छ सुझाव उनीहरूको छ। 

पर्यटकहरूको सहज पहुँचलाई ध्यानमा राखेर पहिचानका कार्य अघिबढाईनु पर्नेमा पर्यटनकर्मी तथा पर्यटन विज्ञ कुमार चौधरीले जोड दिए। 

हुन त प्रदेश नम्बर ७ का पर्यटकीय गन्तव्यहरूको पहिचान नगरिएको त होइनन्। यहाँका पर्यटकीय गन्तव्यहरूको पहिचानका लागि राज्य, समुदाय र निजी क्षेत्रबाट थुप्रै प्रयासहरू समेत भएका छन्। 

तर यसअघि पर्यटकीय गन्तव्यबारे गरिएका अध्ययन प्रतिवेदनको कार्यान्वयन हाल सम्म पनि नभएको जग जायज नै छ। 

त्यसैले पर्यटन क्षेत्रको विकासका लागि लिने नीति र यस क्षेत्रमा काम गरी रहेका निजी क्षेत्रको समस्याहरूको पहिचान गरी अघि बढ्नु पर्ने भनाई सांसद लिलाधर भट्टको रहेको छ। 

पर्यटकीय क्षेत्रहरूको छनोट गरिदा दिगोपन र त्यसको परिणाम लाई ख्यानमा राखिन जरुरी छ। सरकारले पर्यटन क्षेत्रमा गर्ने विकाशमा समुदायको सहभागितालाई पनि ख्याल गरिनु पर्छ।

त्यसैले गन्तव्य पहिचानको लागि सरोकार राख्ने सबै निकाय र तहको सहभागिता गराउनु पर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भनिन्। 

७ नम्बर प्रदेश पर्यटनको ठुलो सम्भावना बोकेको क्षेत्र हो। राज्यको सकारात्मक दृष्ट्रिकोण र लगानीको अभावमा यो क्षेत्र पछि परेको ७ नम्बर बासीको बुझाई छ। त्यसैले अब परिणाम मुखी पर्यटन क्षेत्रको विकास हुन जरुरी रहेको यस क्षेत्रका जानकारहरूले बताऊ छन्।