ओझेलमा पर्दै कैलालीको नायल ताल

ओझेलमा पर्दै कैलालीको नायल ताल

अत्तरिया । शनिवारको दिन सबैको बिदाको दिन । त्यही बिदाको अवसर पारेर दशरथ चन्द  बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाकै गोदावरी नगरपालिका पर्ने नायल तालको भ्रमण गरे । 

नगरपालिकाको वडा नम्बर १२ मा रहेको ताल चुरे पर्वत शृंखलाको सबैभन्दा उचाईमा अवस्थित ताल हो । निकै मनमोहक छ । चारैतिर डाँडाले घेरिएको बिचमा ताल छ । झण्डै १ किलोमिटर लम्बाई र ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको संगम स्थलमा  उक्त ताल रहेको छ । नायलसम्म कैलालीको गोदावरी ओलानी हुँदै सडक पुगेको छ । उक्तबाटोबाट जादा तालसम्म पुग्न गाडीमा तीन घण्टा लाग्न सक्छ ।  यस्तै कञ्चनपुरको वाणीबंक देखि पनि सडक सञ्जाल पुगेको छ । यो बाटोबाट तालपुग्न गाडीमा दुई घण्टाको औषत समय लाग्छ । 

No description available.

शनिवार विहान धनगढीबाट ९ बजे गाडीको यात्रा गर्दै विद्यार्थी समाजका सदस्यहरु दिउँसो एक बजे तालमा पुगेका थिए । 
तालसम्म पुग्न भोगेको कठिनाईबारे समाजका अध्यक्ष चेतन बिक्रम चन्द यसो भने, ‘भन्ने बेलामा हामी समृद्ध प्रदेश बनाउने भन्ने तर काम एक पनि नगर्ने, सरकारले तोकिएको राजधानी गोदावरीबाट करिब ३० किलो मिटरको दुरीमा रहेको नायल तालको संरक्षण सम्वर्धन अभावका कारण कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको छ ।’

No description available.

अहिले तालको संरक्षणका कसैको पनि ध्यान नपुग्दा ताल पुरिदै गएको छ । उक्त तालमा अहिले  त्यहाँ भएको बोट बिरुवाहरु तालमा खस्दै गएका छन । तलकाको दायाँबायाँ तिर माटो खसेर ताल पुरीदै गएको छ । 

ईतिहास र प्राकृतिक सौन्र्दयताले भरिभराउ ताल संरक्षणका लागि तिनै तहका सरकार बेखबर छन । तालको खासै प्रचारप्रसार भने हुन सकेको छैन । यदि तालको प्रचार प्रसार भएको भए त्यहाँ पर्यटकको घुईचो लाग्ने गर्दथ्यो । पर्यटक आउन थाले त्यहाँका स्थानियहरुको व्यापार व्यावसायमा प्रर्बधन हुने थियो । 

No description available.

डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाँउमा रहेको नायल ताल अहिले संरक्षण अभावमा ओझेलमा पर्दै गएको समाज सेवी राज बहादुर चन्दले बताए । उनले भने, “उक्त तालको तिनै तहको सरकार मिलेर प्रचार प्रसार गर्नु पर्ने देखिन्छ । त्यहाँ पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई खाने बस्ने तथा तालको बारेमा जानकारी दिने गाईडहरुको आवश्यकता देखिएको छ ।”

No description available.

‘यो ताल कैलाली, कञ्चनपुरबाट झण्डै ३०/ ३५ किलोमिटर उत्तरमा पर्छ, ‘उहाँले भन्नुभयोे, ‘ प्राकृतिक तालमा विभिन्न जिवजन्तु चराचुरुङ्गको बासस्थान समेत  हो । ताल सरक्षणका लागि सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ । ”

May be an image of 3 people and outdoors

May be an image of 9 people, people sitting, people standing, tree and outdoors

May be an image of tree and outdoors