ब्लड क्यान्सरबाट ग्रसित २२ बर्षिय युवाको चित्कार ‘म धेरै बाँच्न चाहान्छु’

ब्लड क्यान्सरबाट ग्रसित २२ बर्षिय युवाको चित्कार ‘म धेरै बाँच्न चाहान्छु’

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा धौनायाका २२ बर्षिय अर्जुन बोगटी ब्लोड क्यान्सरले थलिएका छन ।

मोहनदाई ओशवाल हस्पीटल लुधियानामा उपचार गरिरहेका बोगटीको आर्थिक अबस्था न्यून भएका कारण उपचार गर्न असम्भब भएको बोगटीले बताएका छन ।

 बोगटीले भने ‘घरको आर्थिक अबस्था कमजोर भएका कारण, बिचैमा पढाई छोड्यर काम गर्न भारत आए, बिरामी भएपछी चेकअप गर्दा ब्लड क्यान्सर भएको थाहा पाएँ ।’ उनले मन्दस्वरमा भने ‘ पारिवारिक अबस्था कमजोर छ, म संग एक लाख मात्र थियो त्यो पनि चेकअप मै सकिसक्यो अस्पतालले १६ लाख नेपाली भएमा उपचार सम्भब छ भनेको छ । म कहाँबाट ल्याउनु ? ।’

बिरामी अर्जनले आफुलाई बाँँच्न रहर भएकाले सबैलाई सहयोग गर्न अपिल गरेका छन । उनले भने ‘यहाँहरुले सहयोग गर्नु भयो भने त्यो गुन आज नभए अर्को जुनीमा तिरौँला, म बाटै अब मेरो उपचार सम्भब छैन, तर म धेरै बाँच्न चाहान्छु ।’ 
मध्यम खालको क्यान्सर भएका कारण बोगटीको उपचार सम्भब रहेको मोहनदाई ओशवाल हस्पीटल लुधियानाका डाक्टर रमन अरोडाले बताए । डाक्टर अरोडाले भने ‘उपचार सम्भब छ, १० लाख भारतिय रुपैँया जती लाग्छ, समय मै उपचार सुरु भएन भने हामी केही भन्न सक्दैनौँ ।’

उपचारका लागी बिरामीको उपचार गर्नका लागी सम्भब नभएका कारण घरमै लिएर राखेको बोगटीका साथी श्याम चन्दले बताए । चन्दले भने ‘अस्पतालले भने जती तिर्न सक्ने हाम्रो हैसियत भएन केही दिनमा आउँछौँ भनेर हामीले डेरामा फिर्ता लिएर आएका छौँ ।’ 

बोगटीको उपचारमा सहयोग गर्न चाहाने ब्यक्तीले अर्जुन बोगटीको खातामा (अर्जुन कुमार) पञ्जाब नेश्नल बैँक  खाता नंं  ०३०२०००१०५३४४९२१ मा जम्मा गर्न सक्नु हुन्छ । यदी ब्यक्तीगत सम्पर्कका लागी अर्जुन बोगटीको नम्बर ००९१८९६८३७१९६३ र बोगटीका साथी श्याम चन्दको सम्पर्क नं. ००९१८८४७६२१५२३ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने  बोगटीका साथी श्याम चन्दले जानकारी दिनु भएको छ । नेपालबाट सहयोग गर्न चाहाने ब्यक्तीले अर्जुन बोगटीका साला प्रेम चन्दको फोन ९८६५७५४३३९ सम्पर्क  गर्न सकिने छ ।