प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टीको उपाधि विजेता सुदूरपश्चिमलाई मुख्यमन्त्री रावलले दिए बधाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टीको उपाधि विजेता सुदूरपश्चिमलाई मुख्यमन्त्री रावलले दिए बधाई

धनगढी । इटहरीमा शनिवार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विजेता सुदूरपश्चिम प्रदेशको महिला टोलीलाई  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बधाई दिएका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दै पहिलो पटक यो प्रतियोगिताको विजेता बनेर महिला खेलाडी टोलीले प्रदेशको नाम, शान र मानलाई अझ उँचो बनाएकोमा खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।