महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई

महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई

आठौंअन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे । दमरा भट्टले निर्णायक गोल गरिन् ।

तेश्रो स्थानमा चित्त बुझाएको आर्मीले प्रदेश २ लाई ५–० ले हरायो । सीता चौधरीले २ तथा पिंकी सिन्जाली, अञ्जना ठकुरी र अमृता बस्नेतले १–१ गोल गरे ।