कैलालीमा अनुदानमा पावर ट्रिलर

कैलालीमा अनुदानमा पावर ट्रिलर

धनगढी  । कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको छ। ५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका–७, देवहरियाका किसानलाई पावर ट्रिलर प्रदान गरिएको हो। 

देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर ट्रिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिए । निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमका बीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गर्नुभयो। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको जनाइएको छ। 

कृषि पेसालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले कैलालीको विभिन्न पालिकाका किसानलाई अनुदानमा पावर ट्रिलरलगायत कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।