झापाको चिया बगानमा युवक -युवती मृत फेला

झापाको चिया बगानमा युवक -युवती मृत फेला

काठमाडौं । झापामा एक युवक र एक युवती मृत फेला परेका छन् । (मंगलबार) आज बिहान कचनकवल गाउँपालिका ४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् ।  यस सम्वन्धमा अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।