स्थापना दिवसको अवसरमा नेविसंघ दार्चुलाद्धारा फलफूल वितरण

स्थापना दिवसको अवसरमा नेविसंघ दार्चुलाद्धारा फलफूल वितरण

दार्चुला : नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति दार्चुलाले आफ्नो ५० औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ । नेविसं दार्चुलाले स्थापना दिवस मनाउदै जिल्ला अस्पताल दार्चुलामा बिरामी भइ भर्ना भएका एक दर्जन बिरामीहरुलाई एक कार्यक्रमका विच फलफूल वितरण गरेको हो ।

नेविसंघ प्रवत्ता दिपक खातीको नेतृत्वमा शुक्रबार जिल्ला अस्पतालमा पुगी बिरामीहरुलाई फलफूल वितरण गरीएको हो । फलफूल वितरण गर्दै बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको समेत कामना गरीएको नेविसंघ दार्चुलाले जनाएको छ । कार्यक्रममा बोल्दै नेविसंघ प्रवत्ता खातीले पञ्चायतको विरुद्धमा संघर्षरत अवस्थामा जेल परेका विद्यार्थीहरुले जेलभित्रै झण्डाको नक्सा तयार पारी २०२७ साल वैशाख ६ गते सयौ प्रतिनिधिहरु माझ भर्खरै जेलबाट रिहाभएका नेपाली कांग्रेसका संस्थापक सन्त नेता कृष्ण प्रसाद भट्टराईले सम्मेलन उद्घाटन गरी नेबिसंघको स्थापना भएको बताउदै नेविसंघ विद्यार्थी हकहितको पक्षमा आवाज बुलन्द गर्ने बिद्यार्थी संगठन भएको बताउनु भयो ।

यस्तै नेवि संघको स्थापना दिवसको अवसरमा नेबि संघ दार्चुलाले सुदुरपश्मिाञ्चल विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा बैशाख ८ गते आइतबार लोक गायन तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार देशै भरी आफनो ५० औँ स्थापना दिवस मनाएको हो । विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन गर्नुभएकोे थियो ।


विद्यार्थी आन्दोलन देखी ठुला ठूला राजनितिक आन्दोलनमा नेविसंघले नेतृत्व गर्दै आएको छ । राजनितिक राजनैतिक स्थिरता संग सगै राजनैतिक शुशाशन , बौद्धिक र अब्बल नेतृत्व चयनका निम्ति शिक्षामा आमूल परिवर्तनको खाँचो औल्याउँदै लोकतन्त्रलाई सुढृढ , गतिशील बनाउने सचेत युवा जमात तयार गर्नु ने. वि.संघको बर्तमान आवश्यकता हो । कलम र मसाल अङ्कित रक्त रन्जित झन्डा बोक्दै गैरवशाली इतिहासलाई दीर्घकालसम्म निरन्तर साख उच्च राख्दै अघि बढ्नु सदैब वर्तमानको जिम्मेवारी हो ।