बैतडीमा एक वडा सदस्यको मृत्यु

बैतडीमा एक वडा सदस्यको मृत्यु

बैतडी ।  बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो।

चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको हो। मंगलबार साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको हो। उनी बैशाखमा भएको  स्थनीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।