सेती अञ्चल अस्पतालमा 'विशिष्ट कक्ष' निर्माण, फोटोमा यस्तो देखियो कक्ष

सेती अञ्चल अस्पतालमा 'विशिष्ट कक्ष' निर्माण, फोटोमा यस्तो देखियो कक्ष

धनगढीः सेती अञ्चल अस्पतालले विशिष्ट व्यक्तिको उपचारको लागि विशिष्ट कक्ष निर्माण गरेको छ। अस्पतालले केही न्यून सेवा सहित  एक कोठामा विशिष्ट कक्ष निर्माण गरेको हो। 

केही महिना पहिले राम्रो बेड नभएको भन्दै ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री निवासमा डाक्टर बोलाएर उपचार गराएको भन्दै विवादमा तानिनु भएको थियो। सोही पश्चात् अस्पतालले विशिष्ट व्यक्तिको उपचारका लागि विशिष्ट कक्षको निर्माण प्रक्रिया थालेको थियो। 

हाललाई एक कोठामा विशिष्ट कक्ष निर्माण गरिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सजन केसीले बताए। उनले तत्काललाई आधारभूत सेवा सुविधा सहितको विशिष्ट कक्ष निर्माण गरिएको बताए। 

एसी, एक बेड, सोफा सेट, दराज, अट्याच बाथरुम सहित एक छुटै कोठामा कक्ष तयार पारिएको छ। कक्ष मेडिकल वार्ड र आइ सी यू सँगै बनाइएको छ। 

उपचारको शिलशिललामा मुख्यमन्त्री विवादमा तानिए पछि विशिष्ट कक्षको आवश्यकता महसुस गरिएको थियो। तत्पपस्चात केही सुविधा र सहित सुरक्षित उपचारको लागि सेती अञ्चल अस्पतालले विशिष्ट कक्ष निर्माण गरेको हो। 

सेती अञ्चल अस्पतालमा रहेको डाइलासीस वाडमा विशिष्ट कक्ष निर्माण गरिएको छ। विशिष्ट कक्ष निर्माणको लागि प्रदेश सरकारले कनै माप दण्ड समेत बनाएको छैन। अहिले केन्द्र सरकारले विशिष्ट व्यक्तिको लागि निर्माण गरेको अस्पताललाई आधार बनाएर उक्त कक्ष निर्माण गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसी बताए। 

अस्पतालले आन्तरिक स्रोतलाई व्यवस्थापन गरेर सो कक्ष निर्माणको गरेको उनले बताए। विशिष्ट कक्षका लागि आवश्यक पर्ने अन्य उपकरणको लागि चालु आर्थिक वर्षको योजनामा राखिएको छ। तर के माण्डमा कक्ष निर्माण गर्ने भन्ने विषय निक्यौल हुन सकेको छैन।

तर हाललाई विशिष्ट व्यक्तिको उपचारका लागि चाहिने उपकरणहरू अस्पतालको आन्तरिक र अस्पताल बाहिरबाट व्यवस्था गरिने छ।  

अब विशिष्ट व्यक्ति बिरामी परेको खण्डमा सहज रूपले सेती अञ्चल अस्पतालमा उपचार गराउन सक्ने अस्पतालले जनाएको छ।