आमाबुबाको स्मृतिमा बिद्यालयलाई आर्थिक सहयोग

आमाबुबाको स्मृतिमा बिद्यालयलाई आर्थिक सहयोग

धनगढी । समाजसेवी तथा शिक्षाप्रेमी गौरीलाल ओझाले कैलालीको एक बिद्यालयमा अक्षय कोष स्थापना गरेका छन । 
जिल्लाको चुरे गाउँपालिकाको वडा नम्बर ५ खाँनडाँडा रहेका शुक्र माध्यामिक बिद्यालयमा एक लाख एक हजारको अक्षय कोष स्थापना गरीएको हो । 
ओझाले आफ्ना स्वर्गिय माता गोमती देवि ओझा र स्वर्गिय  पिता भिम दत्त ओझाको स्मृतिको सम्झनामा अक्षय कोष सञ्चालन गरेको बताए । 
उक्त अक्षय कोषले विद्यालयमा अध्ययनरत असाय , अपांग ,गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि सेवा प्रवाह गर्ने बिश्वास लिएको बताए । 
मंगलवार उक्ता विद्यालयका सम्पूर्ण शिक्षक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत  पदाधिकारी, र चुरे गाउँपालिका ५ का वडा अध्यक्ष  लगायतको उपस्थिती अक्षय कोष घोषण गरेका हुन । 

समाजसेवी ओझालाई बिद्यालय परिवार,जनप्रतिनिधि र अभिभाकले धन्यवाद दिएका थिए ।

उनले भने मैले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका २१ वटा सामुदायिक बिद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेको थिए जस मध्ये १७ वटा गरीसकेको छु र बाँकी रहेका बिद्यालयहरुमा अब गर्ने बताए ।