मोडर्न एरा बोर्डिङ हाइ स्कुलमा अक्षराम्भ

मोडर्न एरा बोर्डिङ हाइ स्कुलमा अक्षराम्भ

धनगढी ।  धनगढीको मोडर्न एरा बोर्डिङ हाइ स्कुलमा ३१ जनाले अक्षराम्भ गरेका छन् । 
आज सरस्वती पुजाको अवशर पारी स्कुलमा आयोजित अक्षराम्भ कार्यक्रममा ३१ जना बिद्यार्थीहरुले भर्ना गरेका हुन् । 
सरस्वती पुजाको अवशर पारी स्कुलले निशुल्क भर्ना लिएको हो । 

शैक्षिकशत्र २०७९ सालदेखी नयाँ ब्यवस्थापनको टिमले मोडर्न एरा बोर्डिङ हाइ स्कुल सञ्चालन गरेपछि शिक्षामा पनि निकै सुधार आएको छ । 

हाल ४ सय भन्दा बढी विद्यार्थी स्कुलमा अध्यायन गरिरहेको स्कुलका ब्यवस्थापक भुपेन्द्र कटुवालले बताए । उनका अनुसार मोडर्न एराले ब्यावहारिक र गुणस्तरीय शिक्षामा जोड दिएको छ । स्कुलले टढाका विद्यार्थीहरुलाइ मध्यनजर गरि छात्रबास पनि संचालन गरेको छ । 

आगामी दिनमा बिद्यार्थीहरुको माग अनुसार समय सुहाउँदो शिक्षा दिनेमा मोडर्न एरा कटिबद्ध रहेको कटुवालले बताए ।