दार्चुलामा एक जना मृत फेला

दार्चुलामा एक जना मृत फेला

 दार्चुला ।  दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार  ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक खण्डको नालीमा सोही ठाउँका  भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।