धनगढीको जीवन ज्योति छात्रावासलाई एड्सनको सहयोग

धनगढीको जीवन ज्योति छात्रावासलाई एड्सनको सहयोग

धनगढीको पन्चोदय माध्यमिक विद्यालयस्थित जीवन ज्योति छात्रावासलाई एड्सनले सहयोग गरेको छ। शुक्रवार एड्सनले गरेको सहयोग सामग्री ब्याकस्ट्रोक क्लब अफ धनगढीले छात्रावासलाई हस्तान्तरण गरेको थियो।

रोट्र्याक्टका अध्यक्ष जनकराज भट्टका अनुसार अड्सनले दृष्टिविहीन बालबालिकाका लागि प्रदान गरेको खेल तथा खेलौनाका सामग्री हस्तान्तरण गरिएको हो।

ती विद्यार्थी बालबालिकालाई सिकाई सहजताका लागि सामाग्रीहरू प्रदान गरिएको उनले बताए। त्यहाँ १७ जना दृष्टिविहीन विद्यार्थी छन्।

रोट्र्याक्टले विगत ८ वर्षदेखि धनगढीमा सामाजिक कार्यहरू गर्दै आएको छ।