कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु

कञ्चनपुर ।  कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका ६ मा आइतबार साँझ मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।