अष्ट्रेलियामा बिरामीमाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स पक्राउ

अष्ट्रेलियामा बिरामीमाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स पक्राउ

काठमाडौं ।  बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन्।

नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेपछि उनलाई पक्राउ गरिएको हो।

उनलाई कुटपिटको कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ।