लाटोकोसेरो तथा हुचिल महोत्सव सुरु

लाटोकोसेरो तथा हुचिल महोत्सव सुरु

मुलुकबाट लोप हुँदै गइरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणको निम्ति कैलालीको घोडाघोडी नगरपालिका– ४ घोडाघोडी वर्ड सेन्चुरी क्षेत्र रहेको माघी गाउँमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव २०७९’ सुरु भएको छ । चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा १० औँ संस्करणको रूपमा घोडाघोडीमा महोत्सव आयोजना भएको हो ।

एक कार्यक्रमका बिच कैलाली क्षेत्र नम्बर ३ का सांसद गङ्गाराम चौधरीले महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दे प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले यसको संरक्षणका लागि गरिएको महोत्सवले लाटोकोसेरोको संरक्षणसँगै पर्यटनलाई समेत टेवा पुग्ने उनले बताए । पछिल्लो समय नेपालबाट विभिन्न प्रजातिका जनावर तथा पंक्षीहरु लोप हुने क्रम बढी रहेको हुँदा यसलाई रोक्न सबै लाग्नु पर्ने उनले बताए ।

महोत्सव अवलोकनका लागि विभिन्न ठाउँ बाट दर्शकहरू माघी गाउँमा आएका छन् । महोत्सव स्थलमा लाटोकोसेरो तथा हुचिलका विभिन्न प्रदर्शनी सामाग्रीहरू अवलोकन, स्थानीय परिकार र स्थानीय सांस्कृतिक नृत्य प्रदर्शन हेर्न सकिन्छ ।

घोडाघोडीमा लाग्ने २ दिने महोत्सवले यसको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।