बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।

हिजो स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो । 

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।