परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ । श्रीलङ्काकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष समारोहमा सहभागी हुन त्यहाँ पुगेकी पौड्यालले हिजो प्रधानमन्त्रीसँग गुणबर्द्धनेसँग भेटवार्ता गरेकी हुन् । भेटमा द्वीदेशीय सम्बन्ध र सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताए । उनले आपसी सहकार्यमा अघि बढ्ने प्रतिबद्धता पनि जनाए । 

प्रधानमन्त्रीसँगको भेट्नुअघि परराष्ट्रमन्त्री पौड्यालले आफ्ना श्रीलङ्काली समकक्षी एमयूएम अली सब्रिसँग भेटवार्ता गरेकी थिइन् । 

उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।