जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला  । जुम्लाको चन्दननाथ नगरपालिका १ ठिन्केमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।  सोही ठाउँका लोकबहादुर भण्डारीको घर आगलागी भएको हो। मृत्यु हुनेमा १४ वर्षकी वन्दना भण्डारी रहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ। गए राति राति करिब साढे १० बजेतिर भएको आगलागीबाट ३ कोठे घर पूर्ण क्षति हुनुका साथै १४ बर्षीया भण्डारीकी छोरीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३ तले उक्त घरमा सासु, श्रीमती सहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरू घर बाहिर निस्कन सफल भएका तर ती वालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् । घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुङ्गा र काठले वनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।  आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।