गेटामा निर्माणाधीन मेडिकल कलेज प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने तयारी : मन्त्री पोखरेल

गेटामा निर्माणाधीन मेडिकल कलेज प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने तयारी  : मन्त्री पोखरेल

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सुदरपश्चिम प्रदेशको गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । 

मन्त्री पोखरेलले सोमबार बिहान धनगढीमा पत्रकार सम्मेलनमा बोल्दै गेटामा निर्माणाधीन मेडिकल कलेजको भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको र यो सहित केही अन्य प्रदेशमा संघीय सरकारले प्रतिष्ठानका रुपमा अगाडि बढाउने तयारी गरिएको बताउनुभएको हो ।

मन्त्री पोखरेलले धरानको बिपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान जस्तै विश्वविद्यालय सरह मान्यता दिएर गेटामा मेडिकल कलेज सञ्चालन गरिने जानकारी दिनुभएको हो । उहाँले गेटा सहित कर्णाली प्रदेशको सुर्खेत, प्रदेश नम्बर ५ को बुटवल र प्रदेश नम्बर २ को बर्दिबासमा प्रतिष्ठान का रुपमा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

लामो समयदेखि बिभिन्न समस्यामा अल्झिएको सुदूरपश्चिम विश्वविद्यालयको समस्या समाभान र विश्वविद्यालयलाई ब्यवस्थित गर्ने तर्फ सरकारले पहल गरिरहेको मन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले विश्वविद्यालयका कर्मचारीहरुलाई चाँडो भन्दा चाँडो तलब खुवाउने र सिनेट बोलाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । विश्वविद्यालयमा समायोजन भएका कर्मचारीहरुको जटिलतालाई समाधान गर्ने गरी काम भइरहेको समेत उहाँले बताउनुभयो ।