कार्यालय समयमा मदिराले लट्ठिने धनगढी-१९ का वडा सचिव प्रहरी नियन्त्रणमा

कार्यालय समयमा मदिराले लट्ठिने धनगढी-१९ का वडा सचिव प्रहरी नियन्त्रणमा

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. १९ का वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालय समयमा मदिराले लठिन्छन सचिव भट्ट शीर्षकमा धनगढी खबरमा समाचार प्रकाशित भएपछि वडा  सचिव  हरिप्रसाद भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कार्यालय समयमा मदिरामा लठ्ठ हुने गरेका वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पुष्टि गरेका छन् । 

वडा  सचिव  भट्ट  दिनहुँ जसो मदिरामा लठ्ठ भएर कार्यालयमा उपस्थित हुँदा  सेवाग्राही हैरान भएका थिए । जसका कारण सेवाग्राहीका कामकाजमा समेत बाधा पर्न थालेको सेवाग्राहीहरू को दुखेसो रहेको थियो ।