गर्मी मौसम सुरु भए सगै विभिन्न अस्पतालहरुमा बिरामीहरुको चाप पनि बढ्दै

गर्मी मौसम सुरु भए सगै विभिन्न अस्पतालहरुमा बिरामीहरुको चाप पनि बढ्दै

गर्मी मौसम सुरु भए सगै विभिन्न अस्पतालहरुमा बिरामीहरुको चाप पनि बढ्दै गएको गएको पाईएको छ । बिशेष गरि गर्मी मोसममा बिभिन्न रोगहरु फैलिने मौसम भएकाले यो समयमा रोगहरु फैलिन सक्ने सम्भावना बढी हुन्छ ।

गर्मी मौसम आए संगै  बिभीन्न रोगहरुको संक्रमण पनि बढ्न सक्छ । त्यसका लागी आफैले सचेत  रहनु पर्ने सर्बसाधारणले बताएका छन् ।

पुर्नवासका टिकाराम दर्लामीले गर्मी मौसम बढे सगै लामखुट्टे बाट बच्नको लागी झुलको प्रयोग गर्ने शरसफाईमा बिशेष ख्याल गर्ने घर आगन वरीपरी सफा राख्नुपर्ने कुरामा बिशेष ध्यान दिए  बिभिन्न किसिमका रोगहरुबाट बच्न सकिने बताउनुभयो ।

यस्तै गर्मी मौसमा सकेसम्म बढी पानी पिउने र बजारका खानेकुरामा रोक लागाई खाने परे पनि स्वच्छ र ताजा खानेकुरा खाए मात्रै रोग लाग्न बाट बच्न सकिने उनिहरुले बताएका छन ।

यता सेति अञ्चल अस्पतालका ईर्मेजेन्सी बाड का आदीत्य सिङ्  ले भने गर्मी मौसममा सबै भन्दा बढी भाईरज ज्वरो हुने भएकाले सचेत रहन सबैमा  आग्रह गर्नुभयो ।

उहाँले पहिलाको समय भन्दा गर्मी मौसम सुरु भए सगै बिरामीको संख्या पनि बढ्दै गएको र सबैभन्दा बच्चाहरु भएकोले बालबालीकाहरुलाई परिवारले ख्याल गर्नुपर्ने र यदी रोग लागीहाले नजिकैको स्वास्थ चौकीमा उपचार गराउनुपर्ने बताउनुभयो ।

बिशेष गरि खानपान र स्वास्थ्यको सरसफाईमा ध्यान दिन सके रोग बाट बच्न सकिाने धेरैको बुझाई छ । यदी बिभन्न संक्रमण रोगहरुबाट बच्न सकिने चिकित्सकले बताएका छन । तेसैले हामीले आफ्नो स्वास्थको हेरबिचारमा ध्यान दिन जरुरी छ ।