एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको खेल सप्ताह तथा १७ औं बार्षिक उत्सब सम्पन्न

एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको खेल सप्ताह तथा १७ औं बार्षिक उत्सब सम्पन्न

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका बैयाबेहेडीमा रहेको एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको खेल सप्ताह तथा १७ औं बार्षिक उत्सब सम्पन्न भएको छ । 

माघ २२ गते देखि शुरु भएको भएको बिद्यालयको अतिरिक्त क्रियाकलापका साथै खेल सप्ताह तथा बार्षिक उत्सब सम्पन्न भएको हो । 

बिद्यालयले बिभिन्न कक्षामा अध्यनरत बिद्यार्थीहरुलाई फुटबल,क्रिकेट व्याटमिन्टन,हाजिर जवाफ दौड भलिबल लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन गरेको थियो । 

कार्यक्रममा बोल्दै बिद्यार्थीहरुको चौतर्फी बिकासको लागी पढाईका साथ साथै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता रहेको हुनाले हामी हाम्रा बिद्यार्थीहरुलाई समय समयमा खेलकुद पनि गराउने गरेको बिद्यालयका प्रधानाध्यापक मनोज पन्तले बताए । उनले भने बिद्यालय भनेको पढाई मात्रै गर्ने थलो होईन बिद्यार्थीहरुलाई धेरै कुरा सिउने थलो भएकोले अब बिद्यार्थीहरुलाई बाहय ज्ञानको पनि आवश्यकता रहने हुनाले हामी पढाई संग कुराहरुमा पनि बिद्यार्थीको क्षेमता अभिबृद्धी गरीरहेका छौं । 

बिद्यालयले आगामी दिनमा  शैक्षिक उत्कृष्ठ शैक्षिक गुणस्तर प्रदान गर्नका लागी अतिरिक्त अंग्रेजी पाठ्यक्र,नृत्य,योगा तथा मेडिरेसन कक्षाहरु सञ्चालन गर्न बिभिन्न क्लवहरु गठन गठन गर्ने र त्यसमा बिद्यार्थीहरुको सक्रिय सहभागिता गराईने पन्त बताए । यसका साथै बिद्यालयलाई काठमाण्डौमा रहेका उत्कृष्ठ बिद्यालयहरु संग सहकार्यमा चेन स्कुल बनाउने पन्तले बताए । 

बिद्यालयले  अहिले सम्म गरेको क्रियाकलापको समिक्षा तथा बिद्यालयलाई कसरी आर्थिक तथा शैक्षिक  हिसाबले मजुत बनाउने कुरामा जोड दिनुभयो । 

अब दिनमा धनगढीका बिद्यालयहरु मध्ये सबै भन्दा फरक र उत्कृष्ठ बिद्यालय बनाउनमा लागी पर्ने बिद्यालयका प्रबन्ध निर्देशक उत्तम सिंह भण्डारीले बताए । 

कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक थोमनाथ ढकालले भने बिद्यार्थीहरु एकोहोर पाढाई मात्रै गरेर हुँदैन उनिहरुलाई मनोरञ्जनको पनि आवश्यकता रहेकोले हामीले बिद्यार्थीहरुको ईच्छाअनुसार अध्यन गराईरहेको बताए । 

बिद्यालयले शिक्षक शिक्षिका तथा अभिभावकको मनोबल उच्च राख्न जरुरी भन्दै बिद्यालयका २ जना कर्मचारीलाई समेत नगद सहित सम्मान गरेको छ । बिद्यालयका शिक्षक कमल प्रसाद अधिकारी र शिक्षिका संगिता सोनाम आउजीलाई नगद सहित सम्मान गरेको हो । 

No description available.

No description available.

No description available.

No description available.