मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु

मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एकजना जनाको मृत्यु भएको छ । गएराति ११ बजे जिल्लाको इन्द्रसरोबर(२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तिर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।