कैलालीमा रक्तदान गर्नेको संख्या बढ्यो, कतिले गर्छन रक्तदान ?

कैलालीमा रक्तदान गर्नेको संख्या बढ्यो, कतिले गर्छन रक्तदान ?

धनगढी ।  रक्तदान मानवीय सेवा भावसंग सम्बन्धित अति विशिष्ट सामाजिक कार्य हो । दान आफैमा महत्वपूर्ण हुन्छ । त्यसमा पनि रक्तदान स्वभावतः अझ महत्वपूर्ण हो । मान्छेमा रहेको स्वार्थ त्यागको भावना रक्तदानले प्रतिविम्बित गर्छ । धनगढीमा पनि मानवीय सेवाभावका लागि काम गर्न रक्तसंचार केन्द्र जस्ता सामाजिक संस्थाहरुले अगुवाई गरिरहेका छन् । जस्तै नेपाल रेडक्रस सोसाईटी, दारी ग्याङ,बास नेपाल लगायत बिभिन्न संस्थाहरु क्लबहरुले अहिलेको समयमा रक्तदान कार्यक्रमहरु गरीरहेका छन् । 
मानिसको शरिरमा आवश्यक पर्ने रगत गरिब असहायलाई मात्र नभई धनी र समृद्ध परिवारका व्यक्तिलाई पनि आवश्यक पर्ने कुरा हो । यसको लागि बेला वेलामा रक्तदान गर्नु मानवीय सेवाको प्रमुख मध्येमा पर्दछ । 

रक्तदान कार्यक्रम तर्फ नै काम गरिरहेको रक्तसंचार केन्द्र कैलालीका प्रमुख धरणी प्रसाद पन्तले बताए । उनले भने रगत संकलनका क्रममा आजभोली प्रायगरी सबै मान्छे सकरात्मक सोच बिचार गरेर आफै कार्यालयमा आई रक्तदान गर्नुहुन्छ । 
आज भोली धनगढीमा प्रत्येक दिन हामी संकलन र सप्लाई गरीरहकेका छौं । स्वयमसेवी रक्तदाता र घुम्ती शिविर गरेर पनि हामी संकलन गरीरहेका छौं । सबै मापदण्ड पुरा गरेर नै संकल गरीरहेको प्रमुख पन्तले धनगढीखबरलाई जानकारी दिए । 
पहिलेको तुलना अहिले रक्तदान गर्नेको संख्यामा बृद्धि भए पनि रक्तदान सबैलाई रगत दिन सक्ने अवस्था छैन किन भने कसै ग्रुपअनुसार रगत पाउँनका लागी कुनै दिन मुस्कील हुने बताए । पहिले धनगढीमा एउटा मात्रै अस्पताल थियो र रगतको आवश्यकता पर्ने थिएन र अहिले धनगढीमा धेरै संख्यामा अस्पताल सञ्चालमा आएपछि अलि गारो भएको चाहिँ महसुस भएको छ । 

गेटा मेडिकल कलेज संचालनमा आयो भने झन रक्तसंचार केन्द्रलाई थप गारो हुने छ । किने भने सबै सुविधा एउटै टाउँमा पाए पछि सबै तेतै जान्छन र त्यहाँत हजारको संख्यामा बिरामीको भिडहुने हुनाले बिरामीहरुलाई रगत पुर्याउन नै गारो हुने अुमान गरेको पन्तले बताए । 

रक्तदातहरुमा पहिलेको भन्दा अहिले धेरै चेतना बृद्धि हुँदै गएको बास नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष पाण्डव पुजाराले बताए । उनले भने पहिले आफ्नो शरीरिरको रगत अरुलाई दिनु हुन्न भन्थे तर अहिले सेवा नै धर्म हो भनेर शिविरहरुमा रक्तदाताहरु आफै आउने गरेको बताए । 

कैलाली रक्तसंचार केन्द्रको अवस्था हेर्ने हो भने पहिलेकोे भन्दा निकै सुधार भएको सञ्चारकेन्द्र प्रमुख पन्तले बताए उनले भने प्रत्येक महिनामा करिब एक हजार व्यक्तिले रक्तदान गरेको विवरण छ । 
यस्तै बैतडी समाज कैलालीका संयोजक राज बहादुर चन्दले भने, हामीले हाल सम्म ८ औं पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छौं र अहिले सम्म हाम्रो कार्यक्रम बाट ७ सय ७० जनाले रक्तदान गरिसकेको बताए ।