मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड

मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड

काठमाडौँ ।  डिजिटल बैंकिङ इन्टरनेटको जडानद्वारा सञ्चालित अनलाइन बैंकिङ हो । ग्राहकको ठूलो हिस्सा डिजिटल बैंकिङ एप्स र नेटवर्क बैंकिङमा आर्कषित भएका छन् । जसले गर्दा बैंकहरूको सेवा लोकप्रिय र प्रभावकारी बन्दै छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो २ वर्षको तथ्याकंमा डिजिटल बैंकिङ प्रयोकर्ता ह्वात्तै बढेको देखिन्छ ।

बैकका ग्राहकहरूले स्मार्टफोन, ट्याब, ल्यापटप, डेस्कटप र एटीएम जस्ता डिजिटल उपकरणहरुको माध्यमबाट बैंकिङङ कारोबार गर्न सक्छन् । डिजिटल बैंकिङमा डिजिटल वालेट, बैंक एप्स, कन्ट्याक्टलेस र नगद रहित भुक्तानीे हुने भएकाले यसको लोकप्रियता बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्त सम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड भन्दा बढी पुगेका छन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजार बढी रहेका छन् ।

छोटो समयमा बैंकिङ सेवालाई डिजिटल माध्यममा रुपान्तरण गर्न सक्दा सर्वसाधारणले सहजताको महसुुस गरेका छन् तर अन्य देशको तुलनामा भने प्रविधिमा नयाँ रुप ल्याउन भने नेपाल चुकेको छ । आजको विश्वमा मानिस छोटो समयमा धेरै काम गर्न र सफलता हासिल गर्न चाहान्छन् यसका लागि सरकार र सरोकारवाला निकायले ध्यान पु¥याउन सके यस्तो प्रणाली झनै लोकप्रिय हुनेमा दुई मत छैन ।