प्रधानमन्त्री प्रचण्डद्धारा शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री प्रचण्डद्धारा शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरुले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ पवज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । 

कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन ।

सुरुदेखि अन्योलता 
सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको हो ।  यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएको छ । जहाँ छात्ररछात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शैयाको अस्पतालको भौतिक संरचना निर्माण भएका छन् । 

साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो ।  २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो । तर हालसम्म नभएको हो ।