‘फिल्मको लोड एक जनामाथि थोपर्नु गलत हो’ अभिनेत्री कार्की

‘फिल्मको लोड एक जनामाथि थोपर्नु गलत हो’ अभिनेत्री कार्की

 अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘फूलबारी’ यही शुक्रबार अर्थात फागुन ६ गतेदेखि बाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको प्रमोसनमा उनी व्यस्त देखिएकी छिन् ।

केही समयको ग्यापपछि ठूलो पर्दामा फर्किएकी उनी अहिले पहिला कै दाँजोमा व्यस्त देखिन थालेकी छिन् । तर, सफलताको स्वाद भने उनले चाख्न पाएकी छैनन् ।


इटहरीमा यही फिल्मको प्रेस मिटमा ‘फिल्म चल्नलाई कन्टेन्ट राम्रो हुनु पर्छ’ भन्दै गर्दा उनीमाथि पत्रकारले ‘चि मुसी ची’ को कन्टेन्टको बिषय उठाएका थिए ।

उक्त समय प्रियंकाले अभिनयमा कमि भएको भए आफूले जिम्मा लिनसक्ने, तर कन्टेन्टको लागि आफू जिम्मेवार नभएको उनले बताएकी थिइन् ।

अहिले ‘धमलाको हमला’ कार्यक्रममा पुगेर पनि फिल्म सफलता र फ्लपको जिम्मेवारी कुनै एक जना कलाकारको मात्र नहुने बताएकी छिन् ।

प्रियंकाले फिल्म चलाउन नसकेको प्रश्नको जवाफमा एक जनाको टाउकोमा दोष थोपर्न नहुने बताएकी हुन् । उनले नेपाली फिल्मले लेखन र कन्टेन्टमा ध्यान दिनुपर्ने पनि बताएकी छिन् ।