डोटीमा प्रादेशिक महोत्सव हुने

डोटीमा प्रादेशिक महोत्सव हुने

डोटी । डोटीमा प्रादेशिक महोत्सव हुने भएको छ । डोटी चेम्बर अफ कर्मको आयोजनामा फागुन ४ गते देखि १४ गते सम्म दिपायलमा महोत्सव हुनेभएको छ ।

‘सेतीको हीरा, खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको अध्यक्ष खगेन्द्र साउँदले जानकारी दिए । 

दिपायलको मठ क्षेत्रमा हुन लागेको महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय,स्थानीय तथा नव प्रतिभा कलाकारहरूको बेजोड प्रस्तुति रहने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउँदले बताए ।

महोत्सवको उद्घाटन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्धघाटन गर्ने छन ।
स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि, पढाई मेला, स्थानीय परीकार र पर्यटनलाई जोड दिएको उनले बताए ।

महोत्सव अवधिभर ¥याप्टीङ , प्यारागल्डाईन समेत सञ्चालन रहने अध्यक्ष साउँदले जानकारी बताए । ४० लाख अनुमानित खर्च गरी स्थानीय र विभिन्न किसिमका ५० वटा स्टल राखिने अध्यक्ष साउँदले बताए  ।

प्रवेश शुल्क एक सय, जसमा विद्यार्थीहरूका लागि ७० र सिजनल पासका लागि सात सय तोकिएको छ ।
महोत्सवले स्थानीय कला संस्कृति र व्यापार व्यवसायको परिवर्द्धन गर्ने आयोजकले जनाएको छ ।