माउण्ट सैपाल इङ्गलिस स्कुलको २३ औँ वार्षिकउत्सव सम्पन्न

माउण्ट सैपाल इङ्गलिस स्कुलको २३ औँ वार्षिकउत्सव सम्पन्न

धनगढी । माउण्ट सैपाल इङ्गलिस स्कुलको २३ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार एक समारोहका बिच धनगढी उ.म.न.पा. - १३ मोहनपुर कैलालीमा रहेको माउण्ट सैपाल इङ्गलिस स्कुलको  २३ औँ वार्षिकउत्सव सम्पन्न भएको हो ।

माउण्ट सैपाल इङ्गलिस स्कुलका संस्थापक तथा प्रिंन्सिपल शोभा भट्टको सभापतित्वमा  सम्पन्न भएको उक्त  कार्यक्रमको  प्रमुख अतिथि कैलाली जिल्ला प्याब्सनका जिल्ला अध्यक्ष टोपेन्द्र शाह रहेका थिए । भने विशिष्ठ अतिथि लोक तथा देउडा गायिका माया पाण्डे र संस्थाका संस्थापक अध्यक्ष सुशीला भट्ट रहेकि थिइन । 

वार्षिकउत्सवको अवसरमा स्कुलले विभिन्न कला संस्कृति तथा भेषभुसाका नृत्य, गजल, गीत तथा तेकवान्दो प्रदर्शनी लगायतका विभिन्न प्रस्तुतिहरु प्रदर्शनी सहित अभिभावकहरुका अनुभव र सुझाव समेत लिईएको थियो । साथै लामो समय देखी स्कुलमा पढाइ राख्नुभएका शिक्षकलाई सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कैलाली जिल्ला प्याव्सनका जिल्ला अध्यक्ष टोपेन्द्र शाहले शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थिहरुको शैक्षिक क्षमता अभिविृद्धि गर्न निजि विद्यालयहरुको निकै भुमिका रहेको उल्लेख गर्दै यो विद्यालयको पनि उत्तिकै योगदान रहेको बताए । अभ्यक्ष शाहले विद्यालयको सफलताको समेत कामना गरेका थिए । 

त्यस्तै, स्कुलका प्रवन्ध निर्देशक टेकराज अवस्थीले स्कुलको २३ वर्ष लामो इतिहास सम्झिदै अहिले +२ सम्मको अध्यापन गराइृरहेको उल्लेख गर्दै अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुको साथ सहयोग रहे चाँडै क्याम्पस तह सम्मका कक्षाहरु समेत सञ्चालन गर्न तयार रहेको उद्घोष गरे ।