प्रदेशको नाम र राजधानीबारे सुझाव संकलनमा ढिलाइ, समितिका नेता पार्टीको काम व्यस्त

प्रदेशको नाम र राजधानीबारे सुझाव संकलनमा ढिलाइ, समितिका नेता पार्टीको काम व्यस्त

धनगढीः प्रदेश ७ को नाम र राजधानीबारे सुझाव सकलन गरी प्रतिवेदन तयार गर्न गठित विशेष समितिको नेतृत्व पार्टीको काममा व्यस्त भएपछि सुझाव संकलन गर्ने काम प्रभावित बनेका छन्।

एक सातामा सुझाव संकलन गरेर प्रतिवेदन तयार पार्न नेकपाका प्रमुख सचेतक तारालामा तामाङको नेतृत्वमा साउन १४ गते पाँच सदस्यीय समिति गठन गरिएको थियो। 

समितिका संयोजन तामाङ र केही सांसदहरू पार्टीको आन्तरिक काममा व्यस्त भएपछि सुझाव संकलन गर्ने काम प्रभावित हुँदै आएको छ। समितिको म्याद दुइपटक थप समेत गरिएको छ।

समिति गठन भएको केही दिनमा समितिका संयोजक तामाङ प्रदेशको नाम र राजधानीबारे शीर्ष नेताहरू सँग छलफल गर्न भनेर काठमाडौँ गएका थिए। 

समितिलाई साउन २१ गते प्रतिवेदन पेश गर्न समय दिएको थियो। तर प्रतिवेदन तयार हुन नसकेपछि एक पटक समय थप गरिएको थियो। 

सोही समयमा पुनः संयोजक तामाङ शीर्ष नेतासँग सुझाव लिन भन्दै काठमाडौँमा गएका छन्। तर एक पटक थप गरिएको समय पनि सकिएपछि उनको निर्देशन अनुसार समितिका अन्य सदस्यहरूले पुन समितिको याद थप गर्न माग गरेको थिए। 

धनगढी खबरले दोस्रो पटक समय थप्नु पर्ने स्थिति किन आयो? भनेर सोध्दा समितिका संयोजक तामाङले समय नपुगर समय थप गर्नु पर्ने स्थिति आएको बताए। 

उनले प्रदेशको राजधानी र नामको विषयमा केही महत्त्वपूर्ण व्यक्तित्वसँग छलफलको कार्य बाकिँ रहेको समेत बताए। काठमाडौँमा पनि यस क्षेत्र बाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूसँग पनि सुझाव लिने प्रयत्न गरिरहेको उनले बताए। उनले पार्टीका कमिटीहरू एकीकरणको तयारीमा रहेकोले सुझाव संकलनमा केही ढिलाइ हुन गएको समेत बताए। 
‘हाम्रो पार्टी नेकपाको प्रदेश देखि स्थानीय कमिटी निर्माणको प्रक्रियामा छ।’ उनले भने, ‘समितिका सदस्यहरू कमिटी निर्माणको काममा पनि हुनु हुन्छ। त्यो भएको हुनाले केही दिन ढिलाइ हुन गएको हो।’